Contact Info

12/A, Mirnada City Tower, NYC 088889797697 support@mail.com Office Hours: 8AM - 5PM Sunday - Wekend Day
pmc_admin November 24, 2023 No Comments

पर्वत बहुमुखी क्याम्पस ऐतिहासिक पृष्ठभूमि

पर्वत जिल्लाको दक्षिणी भेगमा माध्यामिक तह सम्मको शिक्षा अध्ययनको अवसर प्राप्त  भएता पनि उच्च शिक्षा अध्ययनका लागि घर छोडेर बाग्लुङ्ग, पोखरा, चितवन, काठमान्डौँ लगाएतका स्थानमा जानुपर्ने अवस्थाको अन्त्य गर्न यस जिल्लाका सामाजिक अगुवा राजनितीज्ञ, समाजसेवी, वुद्धिजिवी, शिक्षा प्रेमी र स्थानीय जनताहरुको भेलाबाट गरीव तथा सिमान्तकृत आर्थिक अवस्था भएका जनताहरुका सन्ततीहरुलाई युग सापेक्ष उच्च शिक्षाको अवसर प्रदान गर्न पवित्र र महान् उद्देश्य राखि वि.सं २०४० साल माघ ४ गतेका दिन तात्कालीन देवीस्थान गा.पं. का प्रधानपंच श्री कुल प्रसाद प्रधानको अध्यक्षतामा करिव दुईसय जनाको क्याम्पस आयोजक सभा बस्यो ।   

  

फलेवास क्षेत्रभित्र सार्वजनिक, पर्ति गौचरन, ओख्ले, भड्कखालो, फेदि, चाम्ले, सातकुरिया, खोरको चौर, कान्छी चौर समेतका जग्गाहरु रहेका र उक्त जग्गाहरु वि.सं २०२० साल देखि मिची च्यापी आवाद कमोद गर्दै आएको अवस्थामा रहेका थिए । उक्त जग्गाहरुलाई अतिक्रमण गरी दर्ता गरी व्यक्तिगत ढंगले आफ्नो बनाउने र सन्धीसर्पन नै कायम राख्नुपर्दछ भन्ने फलेवास निवासीहरु  दुई खेमामा विभाजित भई लामो समयको अदालती लडाई पश्चात् सम्मानित सवोच्च अदलतले  विं.सं २०३८ साल श्रावण २९ गते सन्धिसमर्पनको पैmसला सुनाए सँगै उक्त जग्गाहरु सवैको साझा सम्पतिको रुपमा रहन पुगे । अदालतले कानूनी ढंगले पैmसला सुनाएता पनि सामाजिक ढंगले उक्त जग्गाहरुको व्यवस्थापन दिगो ढंगले सवैको हितमा गर्नु जटिल र चुनौतीपूर्ण  कार्य नै थियो । ऊक्त वाध्यात्मक परिस्थितिलाई सबैले मनन् गरी सबैको साझा मिलन विन्दु गाँउ घरमै उच्च शिक्षा अध्ययनका लागि “क्याम्पस स्थापना र संचालन” लाई बनाएको कुरा वि.सं. २०४० साल माघ ४ गते का दिन आमभेलाबाट आवश्यक गौचरन नै राखि वाँकी जग्गा बेचविखन गरी अर्थ संकलन गरी क्याम्पस स्थापनार्थ धरौटी रकम रु.६,५०,०००। (छ लाख पचास हजार) क्याम्पस स्थापना गर्न धरौटी जम्मा गर्ने आम सहमति बन्यो । त्यसको लगतै बसेको २०४० फाल्गुन १६ गते धवालागिरी अञ्चलधिश कार्यालय बाग्लुङ्गमा बसेको पञ्चभलाद्मी, बुद्धिजिवी, शिक्षाप्रेमीहरुको वैठकले पर्वत जिल्लाको फलेवासमा “पर्वत कमर्श” क्याम्पस खोल्ने निर्णय गरीएको र त्यतिखेरको क्याम्पसको वैठक पुस्तिकाबाट प्रमाणित हुन्छ ।    

यसरी क्याम्पस स्थापना गर्न अर्थ संकलनको प्रमुख श्रोत सन्धीसर्पन जग्गा स्थानीय बासिन्दाहरुलाई प्राथमिकता दिई वेचविखन गरी प्राप्त रकम नै भएकोले उक्त जग्गाहरुलाई सार्वजनिक गौचरन कायम गर्न अदालती लडाई लड्ने –  

१. श्री कोष प्रसाद रेग्मी  

२. श्री विजयराज शर्मा  

३. श्री जिमु देवी  प्रसाद श्रेष्ठ  

४. श्री जयपति कुँवर   

 ५. श्री प्रभुनारायण श्रेष्ठ  

 ६. श्री पुण्य प्रसाद रेग्मी  

 ७. श्री भीमराज रेग्मी  

 ८. श्री लक्ष्मी प्रसाद पाध्या  

 ९. श्री लोकनाथ पाध्या  

 १०. श्री कपिलामणी पाध्या  

 ११. श्री ह. पदम बहादुर श्रेष्ठ    

 १२. श्री राम प्रसाद श्रेष्ठ  

 १३. श्री चित्र बहादुर कुँवर  

 १४. श्री तुलाराम क्षेत्री   

लगायत अन्य सज्जनहरुको पनि साथ, समर्थन र सहयोग  रहेको व्यहोरा प्रमाणित हुन्छ । जिल्ला सदरमुकाम बाहिर ग्रामीण भेगमा क्याम्पस स्थापना गर्ने चुनौतीपूर्ण कार्यमा नेतृत्वदायी भूमिका तात्कालिन समयमा जिल्लाको राजनितीमा प्रभावशाली व्यक्ति जिल्ला पञ्चायत सदस्य श्री विकास गौचनको रहेको थियो । उहाँले फलेवास देवीस्थानमै महिनौं बसी खटेर सवैलाई मिलाएर त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिने महत्वपूर्ण वातावरण मिलाउनु भयो ।   

क्याम्पस स्थापनाका लागि २१ जना संस्थापकहरु रहनु भएको र उहाँहरुले स्थापना पश्चात् पनि लामो समय सम्म क्याम्पसको संचालक समितिमा रहेर महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भयो । माथि उल्लेखित संस्थपक सञ्चाकहरुको नाम यस प्रकार छ –  

१. पदेन अध्यक्षः श्री ऋतुवर्ण तुम्वाहाम्फे तात्कालीन धवलागिरी अञ्चलाधिश  

२. उपाध्यक्ष ः श्री यज्ञ प्रसाद लम्साल   

३. सचिव ः श्री विजयराज शर्मा  

४. सह–सचिव ः पं. श्री लीलाधर पौडेल  

५. कोषाध्यक्ष प्रधान पञ्च श्री कुल प्रसाद प्रधान (देवीस्थान)  

६. सदस्य प्रधान पञ्च श्री दुर्गादत्त लम्साल (खानीगाऊँ)  

 ७. सदस्य टोप प्रसाद रेग्मी   

८. सदस्य श्री चेत प्रसाद पन्त जि पं उपसभापति  

 ९. सदस्य श्री विकास गौचन  जि पं स   

 १०. सदस्य श्री नल प्रसाद भुसाल प्र.पं. (शंकरपोखरी)  

 ११. श्री हरि प्रसाद श्रेष्ठ  

 १२. श्री भीम प्रसाद रेग्मी   

 १३. श्री नल प्रसाद भुसाल (गा.पं. स देवीस्थान)  

 १४. श्री लीला वल्लभ शर्मा   

 १५. श्री हिमलाल भुसाल  

 १६. श्री ह. पदम बहादुर श्रेष्ठ  

 १७. श्री कमल प्रसाद भुसाल  

 १८. श्री तिल प्रसाद शर्मा  

 १९. श्री विष्णु कुमार श्रेष्ठ  

 २०. त्रि. वि प्रतिनिधी श्री टीकाराम वास्तोला  

 २१. श्री ईश्वरी शर्मा  

  

मिति २०४०/११/१६ को निर्णय अनुसार मिति २०४०/११/२५ गते दिनको २.४५ बजेको शुभ मुर्हतमा बाजागाजा सहित वैदिक विधिपूर्वक भव्य समारोहका विच तात्कालीन धवलागिरी अञ्चलाधिश श्री ऋतुवर्ण तुन्वाहाम्फेद्धारा यस पर्वत कमर्श क्याम्पस भवनको शिलान्यास भयो । क्याम्पसको भौतिक संरचना र जग खन्ने काम स्थानीय जनताहरुले स्वतःस्पूmर्त रुपमा जनश्रमदान गरी भवन निर्माण गरे । क्याम्पस स्थापनाकालमा सवैभन्दा उच्च रकम कुर्घा निवासी श्री रत्न कान्त पाध्याले रु. २१,००५ ।– (एक्काईस हजार पाँच) प्रदान गर्नुभएको थियो । क्याम्पसले चन्दा संकलन गर्ने क्रममा सवैभन्दा पहिला देवीस्थान निवासी लक्ष्मीदत्त पाध्याले रु ५,००० रकम सवैभन्दा पहिला प्रदान गर्नुभई पहिलो दाता बन्नु भएको थियो । क्याम्पसमा आर्थिक समस्या पर्दा शुभचिन्तक महानुभावहरुले क्याम्पसको दिगो विकास र संरचननार्थ आर्थिक सहयोग हैसियत अनुसार प्रदान गर्नु भएको कुरा क्याम्पसको अभिलेखबाट जानकारी हुन्छ । यहाँ क्याम्पसको लागि स्थापनाकाल देखि हालसम्म सहयोग गर्दै आउनुभएका सम्पूर्ण महानुभावहरुको नाम उल्लेख गर्न यस छोटो लेखमा असम्भव भएकोले उहाँहरु सवैलाई धन्यवाद दिँदै क्षमायाचना गर्न चाहन्छु ।    

पुनश्चः तात्कालीन क्याम्पस संचालक समितिका उपाध्यक्ष यज्ञ प्रसाद लम्सालले अञ्चलाधिशको अनुपस्थितिमा सम्पूर्ण कार्यकालभरि कार्यकारीको भूमिकामा रहि क्याम्पसको वैठकका अध्यक्षता गरेको र क्याम्पसलाई अगाडि बढाएको प्रमाणित हुन आउँछ ।   

श्रोत – पर्वत वहुमुखी क्याम्पसको संचालक समितिको निर्णय   

सर्बोच्च अदालतको निर्णय   

लेखक
श्री जगत बहादुर कँुवर, बालाकृष्ण कंडेल

भू.पू.क्याम्पस प्रमुख
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *